• २० असोज २०८३, मंगलबार
  • १ः१७ राती

भरतपुर महानगरपालिका अपडेट : रेणु र विजयबीच ८ हजार बढीको मतान्तर

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०२:०१

८ जेठ २०७९, काठमाण्डौं : चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।अहिलेसम्म ९४२३२ मत गणना हुँदा उनले ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्। दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२२३३ मत ल्याएका छन्।

National Life

यस्तै, उपमेयरमा भने सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९१२९ मत ल्याएका छन्। एमाले–राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२९११ मत ल्याएकी छन्।


मतगणना जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया