• २० असोज २०८३, मंगलबार
  • ५ः४८ बिहान

सुन प्रतिताेला सात सय रुपैयाँले बढ्याे , चाँदीकाे कति ?

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार १२:०५

८ जेठ २०७९, काठमाण्डौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।

National Life

यस्तै, आज चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया