• १९ असोज २०८३, सोमबार
  • ७ः५९ बेलुका

आज कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०६:५६

८ जेठ २०७९, काठमाडौँ : पाँच वटा वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ ।

National Life

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया