• १५ असोज २०८३, बिहीबार
  • १२ः०५ राती

उदयपुरको बेलकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ ४ गते, बुधबार ०६:१५

४ जेठ २०७९, काठमाडौँ : उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । नगरको मेयरमा एमालेका उम्‍मेदवार दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित भएका हुन् ।

National Life

अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याए । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका इन्द्रप्रसाद अधिकारीले ४१८ र मंगोल नेशनल अर्गनाइजेशनका मसिन बहादुर राईले १७९ मत पाए । यस्तै नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका मनोज कुमार तामाङलाई हराउँदै एमालेकी जीरा राई निर्वाचित भएकी छिन् ।


राईले ८ हजार २७६ मत ल्याउँदा तामाङले ७ हजार ४९५ मात्र मत ल्याए । यस्तै जनता समाजवादीकी गिता गरीले ६५७, राप्रपाकी मञ्जु कुमारी चौधरीले ६२२ र मंगोल नेशनल अर्गनाइजेशनकी चन्द्रकला चौधरीले १५४ मत पाइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया