• १५ असोज २०८३, बिहीबार
  • १२ः०६ राती

कलैया उपमहानगरमा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

प्रकाशित मिति

२०७९ जेष्ठ १ गते, आईतवार ०८:४८

१ जेठ २०७९, काठमाडौँ : कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार बिनोद साह अगाडि देखिएको छ । उपमहानगरको वडा नं १ र २ मा भईरहेको मतगणनामा एमालेका उम्मेदवार बिनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् ।

National Life

त्यस्ते उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् । उपमहानगर वडा नं १ कलैया बजार क्षेत्र एमालेको पुरानो गढ क्षेत्र हो । कलैया उपमहानगरका सहायक निर्वाचन अधिकृत ईन्द्र कुमार योङहाङले असाध्यै सुस्त गतिमा मत गणना भइरहेको गुनासो गरेका छन् ।

प्रतिकृया