• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

निर्वाचन आयोग : ७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०१:२०

३० बैशाख २०७९, काठमाण्डौं : निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

National Life

ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ।’


स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना वाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया