• १७ असोज २०८३, शनिबार
  • ११ः४३ बिहान

आज सार्वजनिक बिदा, यातायात पनि बन्द

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०७:४०

३० बैशाख २०७९, काठमाडौँ : स्थानीय तह निर्वाचनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । यस्तै आजका लागि यातायात पनि बन्द गरिएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले सार्वजनिक बिदाका साथै यातायात पनि बन्द गरेको हो । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ ।

National Life

यसैबीच निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।


प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया