• १९ असोज २०८३, सोमबार
  • ७ः५९ बेलुका

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ०१:२९

१९ बैशाख २०७९, काठमाण्डौं डिजिटल नेपालका लाति २२ अर्ब लगानी गर्ने भएको छ । डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गर्ने भएको हो। फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन’ परियोजनामार्फत उक्त लगानी गर्न गरेको जनाइएको छ ।

National Life

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व बैङ्कको सहयोगमा उक्त परियोजना अघि बढाउन लागेको हो। परियोजना कार्यान्वयनका लागि विभिन्न क्षेत्रगत विषयको मस्यौदा तयार गरेर मन्त्रालयले त्यसमा सुझावका लागि सार्वजनिक अपिल पनि गरेको छ।


नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधिलगायतलाई प्रमुख कार्यान्वयन निकायका रूपमा राखिएको यो परियोजनामा विश्व बैङ्क समूहमार्फत करिब १७ अर्ब रुपैयाँ लगानी हुनेछ । बाँकी करिब पाँच अर्ब रुपैयाँ व्यावसायिक ऋणमार्फत जुटाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया