• १६ असोज २०८३, शुक्रबार
  • १ः१२ राती

श्रमिकको संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०७:११

१८ बैशाख २०७९, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘निकृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।

National Life

श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगार विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ ।

प्रतिकृया