• १८ भदौ २०८३, बिहीबार
  • ३ः११ दिउँसो

भरतपुरकी मेयर रेनु दाहालले राजीनामा दिँदै

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०२:५६

९ बैशाख २०७९, काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिने भएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिन लागेकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


दाहालले केही बेरमा राजीनामा दिने माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए। कांग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

Kamana Sewa

प्रतिकृया