• २८ भदौ २०८३, आइतबार
  • ५ः१६ बेलुका

धरानमा ४ दलीय गठबन्धनबीच मिल्यो भागबण्डा

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०८:०५

८ बैशाख २०७९, काठमाडौँ : आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख,उपप्रमुख,वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

National Life

जसअनुसार नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ ।


सहमतिपछि चार दलको संयुक्त वक्तव्यमा भनिएको छ, ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेदवारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता,आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया