• २३ भदौ २०८३, मंगलबार
  • १२ः५२ दिउँसो

कर्णाली नदिमा बेपत्ता एक जनाको शब २२ दिनपछि फेला

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार १०:२१

काठमाडौं,  कर्णाली नदिमा बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु हमाल शाहीको शव भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर चारको नागर स्थित कर्णाली नदीको किनारमा शव भेटिएको हो । घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य दश जना भने अझै बेपत्ता अवस्थामा नै रहका छन् । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका हुन् ।

National Life

नदीको किनारमा महिलाको शव भेटिएको खबर आएपछि बुधबार प्रमुख जिल्ला अधिकारी सहतिको टोली सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल गएको थियो । शव भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिँड्नु पर्छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।

प्रतिकृया