• १९ असोज २०८३, सोमबार
  • १ः११ राती

विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०४:०७

बैशाख १ २०७९, काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

National Life

पार्टी प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य हेमराज भट्टराई श्रवण, मुक्ति, राप्ती, पूर्व जिल्ला इन्चार्ज तथा ब्यूरो सदस्य पुकार, घाइते अपांग योद्धा संघका पर्वत, पूर्व ब्यूरो सदस्य तथा संविधानसभा सदस्य आवश्यकता, पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्व बटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान रहेका छन् ।


त्यसैगरी दलित मोर्चाका पूर्व अध्यक्ष कृष्ण विक, शिक्षक संगठनका रण ब.भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य पार्टी भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्यहरु इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राजबहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ, विशेष फोर्स सदस्य देवा लामा, नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्युरो सदस्य ज्ञानु बम र केन्द्रीय सदस्य हरि नेपाली रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

खुमलटारमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।

प्रतिकृया