• २२ साउन २०८३, शुक्रबार
  • ९:०० बिहान

रुस-युक्रेन युद्धको ५०औं दिन : उत्तरपूर्वी युक्रेनमा हमला गर्ने सम्भावना

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०१:५४

बैशाख १ २०७९, काठमाडौं : रुसले युके्रनमाथि हमला गरेको आज ५० औं दिन पुगिसहेको छ । रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ। साथै, उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरू खोजिरहेको पनि जनाइएको छ ।


पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए । यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । (एजेन्सी)

Kamana Sewa

प्रतिकृया