• २१ जेठ २०८३, बिहीबार
  • २:५६ बेलुका

काभ्रेमा जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा बिस्फोट, एक घाइते

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०३:११

२७ चैत २०७८ काठमाडौं : काभ्रेको बनेपा नगरपालिका वडा नं. २ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते भएका छन् । जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा पड्केर एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय मोहन विक रहेका छन् ।


नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ। बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको छ।

Kamana Sewa

सेनाले तालिमका क्रममा हतियारहरू पड्काउने र प्रहार गर्ने गर्छ। तालिमका बेला मिस्ड फायर भएका बिस्फोटक पदार्थहरू सेनाले जंगलमा पुर्ने गरेको थियो । त्यही बस्तु टिपेर घरमा ल्याएर आगोमा हाल्दा पड्केको अनुमान प्रहरीको गरेको छ ।

Classic Tech Desktop

उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

प्रतिकृया