• २० असोज २०८३, मंगलबार
  • ५ः३६ बिहान

वर्तमान सरकार भागबण्डामा रमाइरहेको पूर्वअर्थमन्त्री खतिवडाको आरोेप

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०३:०२

२७ चैत २०७८, काठमाडौं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सो आरोप लगाएका हुन् ।

National Life

पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको समेत आरोप लगाएका छन् । यस्तै, तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको उनको भनाइ छ ।


‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारले सोच्न नसकेको उनको आरोप थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैँकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उनले बताए ।

प्रतिकृया