• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०२:५३

२७ चैत २०७८, काठमाडौं : नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार आइतबार नयाँ प्रधानमन्त्रीको मनोनयन हुने छ भने सोमबार मतदान हुने छ ।

National Life

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गरिने र दिउँसो ३ बजेसम्म मनोनयन उपर छानबिन हुने जनाएको छ ।


उनले सोमबार बिहान ११ बजे संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल– एन० का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।कूल ३४२ सदस्यीय सदनमा अविश्वास प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए ।

प्रतिकृया