• १७ असोज २०८३, शनिबार
  • १०ः०८ बिहान

थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावीत

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार १०:२२

१६ चैत २०७८, काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतको रुपमा डिन थम्पसनलाई प्रस्ताव गरेका छन्। २५ वर्ष अमेरिकी परराष्ट्र सेवाको अनुभव भएका थम्पसन अहिले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलामा काम गरिरहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले जारी गरेको बिज्ञप्तमिा उल्लेख छ।

National Life

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउने छन्।


उनीसँग मलेसिया र रोमानियामा डिसिएम, भारतको कलकत्तामा अमेरिकी महावाणिज्यदूत भएर काम गरेको अनुभव छ । त्यसका साथै उनले विदेशमन्त्रालयमा कार्यकारी सचिवालयको स्टाफ र अपरेशन विभागको उपनिर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

थम्पसन रक्षा र रणनीतिक मामिलामा दखल राख्ने अमेरिकी कूटनीतिक हुन् । उनले अमेरिकाको नेशनल डिफेन्स विश्वविद्यालयबाट राष्ट्रीय सुरक्षा रणनीतिमा स्नाकोत्तर गरेका छन् ।

प्रतिकृया