• १६ असोज २०८३, शुक्रबार
  • ७ः४५ बिहान

महालक्ष्मी विकास बैंकद्वारा सिद्घार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०६:३७

१५ चैत्र २०७८, काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको सिद्घार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ ।

National Life

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो । नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी गराए ।

प्रतिकृया