• २७ भदौ २०८३, शनिबार
  • ८ः४४ बिहान

झापामा १३ किलो चाँदीका गरगहना लुटपाट

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ११:१५

१४ चैत्र २०७८, काठमाडौँ :  झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट भएको छ । चैत ८ गते १३ किलो चाँदीका गरगहना लुटपाट गरेर ४ जना फरार भएका हुन् । फरार हुनेलाई मोरङको प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।


पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहनाका साथ पक्राउ परेका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिएको छ । यस विषयमा जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया