• २७ भदौ २०८३, शनिबार
  • १०ः२१ बिहान

बाइडेनले भने- पुटिनलाई सत्ताबाट फाल्नुपर्छ

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ११:१४

४ चैत २०७८, काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताएका छन् । वार्सामा गरिएको भाषणमा उनले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गरेका हुन् । त्यहाँ उनले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गरेका थिए ।

National Life

‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको सम्बोधनका क्रममा बाइडेनले यो घोषणा गरेका हुन् । योभन्दा पहिले पनि उनले पुटिनलाई युद्ध अपराधी र तानाशाह भएको बताएका थिए । पुटिनलाई हटाउनुपर्ने यो माग उनको पहिलो हो ।


बाइडेनले प्रतिबन्ध र सयौँ अमेरिकी र युरोपेली कम्पनीहरुलाई देशबाट बाहिरिन बाध्य बनाइएको केही साताका बावजुद पनि रुसी जनतालाई प्रत्यक्ष रुपमा यस किसिमको आह्वान गरेका हुन् । तर उनले रुसी जनता आफ्नो सत्रु नभएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि उनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीबाट आफूलाई बचाउने सोभियत संघसँग रुसी आक्रमणको बिरुद्ध लडिरहेको युक्रेनीहरुको तुलना गर्ने प्रयास गरेका छन् । उनले रुसी नेताहरुलाई कठोरतापूर्ण रुपमा बोलेका थिए । उनले नेटोको एक इन्च सम्म पनि नमिच्नका लागि चेतावनी दिएका छन् ।


‘अमेरिकी बलहरु युरोपमा छन्,’ ‘युरोपमा मात्रै होइन,’ राष्ट्रपतिले सुरु गरेर पछि आफैलाई सच्याएका छन् । उनले १ लाख अमेरिकी सेना वासिङटनको युरोपेली गठबन्धनको प्रतिरक्षा गर्नका लागि कुरिरहेको बताएका छन् । राष्ट्रपतिले नेटो र उसका मित्रहरुले रुस बिरुद्ध लडाई गर्नुपर्ने र यो सहज भने नहुने चेतावनी दिएका छन् । यसको ठूलै क्षति हुने, तर यसको मूल्य तिर्नुपर्ने समेत उनले बताए ।

(एजेन्सी)

प्रतिकृया