• १७ असोज २०८३, शनिबार
  • १ः५७ दिउँसो

प्रहरीका ४ सय ८८ सईलाई वरिष्ठ सईमा बढुवा सिफारिस

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार १०:४२

१४ चैत २०७८,काठमाडौं : नेपाल प्रहरीले ४ सय ८८ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले चौथो सूची निकालेर ४ सय ८८ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

National Life

यसअघि, शनिबार ३२२ जना, शुक्रबार १७० जना र बिहीबार १९१ जनालाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको थियो ।


प्रहरी नियमावलीमा भएको दशौँ संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि नयाँ सृजना भएको वरिष्ठ नायक निरीक्षक पदमा चरणबद्ध रूपमा बढुवा सिफारिस गर्न थालिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यो पदमा कुल १ हजार १ सय ९१ जना बढुवा हुने छन् ।

प्रतिकृया