नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
प्रकाशित मिति
२०७८ चैत्र १४ गते, सोमबार १०:४१
१४ चैत्र २०७८, काठमाडौँ : आज सोमबार पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
यसअघि दुई दिन बसेको बैठकमा पहिलो दिन धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन आवश्यक रहेकोमा जोड दिएका थिए। आइतबारको बैठकमा बोल्ने केही केन्द्रीय सदस्यले भने निर्वाचनमा बिना गठबन्धन जानुपर्नेमा जोड दिएका छन्।
आइतबार बसेको बैठकले सोमबार बिहान ११ बजेका लागि बैठक तय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा स्थानीय तहको निर्वाचन गठबन्धन केन्द्रीय छलफल हुनेछ।
काँग्रेसले केन्द्रीय कार्यसमितिबाटै स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि बोर्ड गठनको निर्णय गर्दैछ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा चुनामा गठबन्धनलाई लिएर अगाडि बढ्नुपर्ने अडानमा छन् भने शेखर कोइराला समूह गठबन्धनको विरुद्धमा छन्।








प्रतिकृया