• १७ असोज २०८३, शनिबार
  • १ः०६ दिउँसो

युक्रेनको पूर्वाधारमा ६३ अर्ब अमेरिकी डलरको क्षति

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार १०:२३

१४ चैत्र २०७८, काठमाडौँ :  युक्रेनको युद्धले पूर्वाधारमा ६३ अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुर्‍याएको किभ स्कूल अफ इकोनोमिक्सले जनाएको छ । 24 मार्चसम्म युक्रेनमा रुसको आक्रमणको आर्थिक प्रभावको अनुसन्धान गरे अनुसार कम्तीमा ४,४३१ आवासीय भवनहरू क्षतिग्रस्त, नष्ट वा जफत भएका छन् । साथै ९२ कारखाना र गोदामहरू र ३७८ विद्यालयहरू पनि क्षति पुगेको छ ।

National Life

सात थर्मल वा हाइड्रोइलेक्ट्रिक पावर प्लान्टहरूका साथै थप १२ विमानस्थलहरू ध्वस्त, क्षतिग्रस्त वा कब्जा गरिएका छन् । रिपोर्टमा उल्लेख अनुसार विद्यालयको अघिल्लो अनुमान १७ मार्चमा प्रकाशित भए यता कूल ३.५ अर्ब डलर बराबरको थप क्षति भएको छ।

प्रतिकृया