• २० असोज २०८३, मंगलबार
  • ७ः०१ बिहान

बीआरआईका परियोजना छिटो अघि बढाउन वाङलाई ओलीको आग्रह

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार १२:४८

१३ चैत २०७८, काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई)सँग सम्बन्धित परियोजनाहरु चाँडो अघि बढाउन चिनियाँ विदेशमन्त्री वाङ यीलाई आग्रह गरेका छन्। ओली र वाङबीच आज आइतबार काठमाडौँको मेरियट होटलमा भएकाे भेटवार्तामा ओलीले बाङलाई सो आग्रह गरेका छन् ।

National Life

यस्तै ओलीले बन्द रहेका चीनसँगका नाका खुला गर्न पनि आग्रह गरेको उनले जानकारी दिए। कोरोना भाइरसको महामारीका बेला नेपाल आएर चीन जान नपाएका विद्यार्थीहरु जाने व्यवस्था मिलाउन र हुम्लाबाट गएर चीनमा रोकिएका नेपालीहरु फिर्ता आउने व्यवस्था गर्न पनि ओलीले आग्रह समेत गरेका बताइएको छ ।


ओली र वाङबीच दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सहकार्य–सम्बन्ध विस्तारका बारेमा पनि कुराकानी भएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया