• २० असोज २०८३, मंगलबार
  • १ः१८ राती

माओवादी अध्यक्ष प्रचण्डबीच गृहमन्त्री खुमलटारमा भेटबार्ता

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ११:०२

१३ चैत २०७८, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

National Life

सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।


सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया