• १९ असोज २०८३, सोमबार
  • ८ः३२ राती

दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०८:०६

१३ चैत्र २०७८, एजेन्सी : चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबै १३२ जना मानिसको मृत्यु भएको घोषणा गरिएको छ। शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १२३ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

National Life

गत सोमबार चीनको कुनमिङबाट ग्वान्जाओ जाँदै गरेको बोइङ ७३७-८००एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा बजारिएको थियो। पहाडको जंगलमा जहाज खसेपछि आगो लागेको थियो। खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए।


जहाजमा रहेका यात्रुका आफन्त शव भेटिन्छ कि भनेर केही दिनअघि दुर्घटनास्थल पुगेका थिए। खोजीकर्ताहरूले कसैको शव पनि फेला पारेनन्। गत बुधबार जहाजको ब्ल्याक बक्स फेला परेको थियो। जहाजको सबै रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको अध्ययनले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ। ब्ल्याक बक्स अध्ययनका लागि अहिले बेइजिङ पठाइएको अधिकारीहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया