• १७ असोज २०८३, शनिबार
  • १०ः१९ बिहान

बुहारीलाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०९:३२

१२ चैत २०७८, काठमाडौं : पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । पीडितले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएपछि खुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

आरोपी दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन् ।


उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया