• १७ असोज २०८३, शनिबार
  • ३ः१५ दिउँसो

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०९:१३

१२ चैत २०७८, काठमाडौं सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन् ।शुक्रबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

National Life

तुम्खेवाकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत मात्रै प्राप्त गरिन् । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो ।


उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गर्दा महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई हराइन् । सचिवमा दुर्गाले पवनवर्षा शाहलाई र कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पछि पारेका हुन् ।


त्यस्तै, महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

प्रतिकृया