चितवनका नेताहरुलाई देउवाको जवाफ : जितेर देखाउनु पर्यो नि !
प्रकाशित मिति
२०७८ चैत्र ११ गते, शुक्रबार ०७:११
११ चैत्र २०७८, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन नेताहरुलाई चेतावनी दिएका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकबहादुर गुरुङले नेकपा मात्र होइन, एमाले समेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताएका थिए ।
नेकपा एक हुँदा धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै उनीहरुले भनेका थिए, ‘तालमेल नगरी चुनाव जित्न सकिन्छ ।’ त्यसको जवाफ फर्काउँदै देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन भने । शुक्रबार ६ प्रदेशका सभापतिका साथै चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका छन् ।
बैठकको अन्तिममा सभापति देउवाले चितवनका नेताहरुलाई जवाफ दिएका छन् । नेविसंघको सभापति भएदेखि चितवनको परिस्थितिबारे आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘हामीसँगै हारेका छौं, जितेर देखाउनु पर्यो नि !’








प्रतिकृया