• १७ असोज २०८३, शनिबार
  • ४ः५३ बेलुका

एनएमबि बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०७:२३

११ चैत्र २०७८, काठमाडाैँ : एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार उक्त बैंकले नवलपरासीको गैंडाकोट–४, दर्शनचोकमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

National Life

कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोखरेलले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।


आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष श्रीमती शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई अझ शसक्त बनाइदिनेछ भन्ने बिश्वास राख्दै आफ्नो मन्तव्य ब्यक्त गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्त गरिसकेको छ ।


सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउण्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया