• १७ असोज २०८३, शनिबार
  • ३ः३१ राती

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०७:१७

११ चैत्र २०७८, काठमाडौँ : गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियोुवैदेशिक रोजगारीका लागि राहदानी बनाउनू। तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।

National Life

विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ।’ राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ। तर, सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन ।


‘म राति ३ बजे नै आएर लाइनमा बसेँ, बिहीबार बिहान १०:५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ‘डेढ महिना पहिले नै बुक गरेर आएँ। अहिले त सर्भर चलेको छैन भन्छन् । के गर्नेरु’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया