• २४ भदौ २०८३, बुधबार
  • ९ः५३ राती

ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०६:२४

१० चैत्र २०७८, काठमाडौँ : ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको म्यागङ गाउँपालिका वडा नं।३ देउराली स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

National Life

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रविन रेग्मी र देउराली शाखा प्रबन्धक हर्कबहादुर तामाङद्वारा स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।


साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराइएको थियो। बेबी वार्मर राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया