लेटाङ प्रहरी मृत्यु प्रकरण : ६ जनालाई पक्राउ गरी अुसन्धान हुँदै
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार १०:४८
७ चैत २०७८, काठमाडौं : मोरङको लेटाङमा आइतबार भएको झडपमा परि एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि आज सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनाला ‘शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने सार्वजनिक गरेको छैन । शंकास्पद ब्यक्ति मात्र भएको र अनुसन्धान पूरा भइनसकेका कारण उनीहरुको नाम गोप्य राखिएको बताइएको छ
२४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।







प्रतिकृया