• १६ असोज २०८३, शुक्रबार
  • ४ः४१ बिहान

जेलेन्स्कीको चेतावनी- रुससँग वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुन्छ

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ११:०३

७ चैत्र २०७८, काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहेका वार्ता विफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ता भएको उनले बताए ।

National Life

‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ । मलाई लाग्छ कि हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ । ’ यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु पर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए । आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने दाबी गरे ।


‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन्।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया