• १५ असोज २०८३, बिहीबार
  • १ः३३ राती

गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०९:०६

६ चैत्र २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्। गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए।

National Life

पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’


उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए। ‘गठबन्धन अझै पनि आवश्यकता भने छ,’ उनले भने। वैशाख ३० मै स्थानीय चुनाव हुने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले एमसिसीबारे पार्टीभित्र छलफल जारी नै रहेको बताए। ‘यद्यपी यो पास भइसकेको छ,’ उनले भने, ‘अहिले हामी एक भएर निर्वाचनमा केन्द्रित हुनुपर्छ। देश निर्वाचनमा गइसकेको छ। एमसिसीबारे स्थानीय चुनावपछि फेरि छलफल हुन्छ।’

प्रतिकृया