• १९ असोज २०८३, सोमबार
  • ७ः०१ बेलुका

सातामा २८ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०१:३९

५ चैत्र २०७८, काठमाडौँ : यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार सम्ममा उक्त मूल्य घटेको हो ।

National Life

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ छ । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा २ हजार ८०० रुपैयाँले घटेर ९९ हजार ८०० रुपैयाँमा आइपुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ८०० रुपैयाँले नै घटेर ९९ हजार ३०० रुपैयाँ छ ।


यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ८५ रुपैयाँमा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया