• २३ भदौ २०८३, मंगलबार
  • ११ः०८ राती

जापान र अष्ट्रेलियाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ११:५९

४ चैत्र २०७८, काठमाडौं : अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका क्रममा अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् ।

National Life

अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । त्यस्तै, अष्ट्रेलियाले रुसको केन्द्रीय बैंकसहित ११ बैंक र संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।


पछिल्लो प्रतिबन्धले रुसको सरकारी ऋण जारी र व्यवस्थापन गर्ने कार्यलाई प्रहार गरेको अष्ट्रेलियाको विदेश मन्त्रालयको दाबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी जापानले पनि थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जापानी प्रतिबन्धमा पर्नेमा रुसको सरकारी स्वामित्वको हतियार कम्पनी रोसोबोरोनएक्स्पोर्ट पनि समावेश छ ।

प्रतिकृया