• २३ भदौ २०८३, मंगलबार
  • १०ः२० बिहान

रुस र युक्रेन युद्धका कारण विश्वभर खाद्य असुरक्षा बढ्ने

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०२:३३

३ चैत्र २०७८, काठमाडौँ :  संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफ एओका प्रमुख अर्थशास्त्रीले हाल रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावनी दिएका छन् ।

National Life

प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुनसक्ने अनुमान छ ।


उनले भने– ‘युद्धका अरु पनि असरहरू होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महङ्गीका असर गर्न सक्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा संवाददाताहरूसँग उनले यो युद्ध जति समय लम्बिँदै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान गरे । (एजेन्सी)

प्रतिकृया