• २३ भदौ २०८३, मंगलबार
  • ११ः१८ बिहान

द ब्यारन सेलेक्ट र ब्लु फिनले काठमाडौंमा होलि विशेष कार्यक्रम गर्दै

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०२:२८

सुजिता सापकाेटा, ३ चैत २०७८, काठमाडौं : जगदम्बा अल्कोवेभ अन्तर्गत द ब्यारन सेलेक्ट र ब्लु फिनले ( The Baron Select र Blue Fin) ले रङहरुको पर्व होलीको अवसरमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होली विशेष कार्यक्रम संचानल गरिरहेको छ । कीर्तिपूरको नगाउँ, थानकोट, टोखा र सुनाकोठीको बालकुमारी ग्राउण्ड लगायत अन्य स्थानमा ‘अबिरया होली’ कार्यक्रम आयोेजना गरिएको हो ।

National Life

बालकुमारी ग्राउण्डमा मंका शेरेन बलामी, थानकोटमा द युनिकली बोन्डिड, द एडप्टर्स, टोखामा बज्र ट्युन्स र कीर्तिपुरमा द रोयल्स नेपालको ब्यान्डले उपस्थित सवैलाई लाइभ म्युजिकमार्फत मनोरन्जन दिलाइरहेको ब्राण्ड म्यानेजर मिलन भण्डारीले जानाकारी दिएका छन् । उनका अनुसार काठमाडौं उपत्यका बाहेक देशका बिभिन्न स्थानहरुमा पनि द ब्यारन सेलेक्ट र ब्लु फिनले लाइभ म्युनिकका साथ होली विशेष कार्यक्रम आयोजना गरिरहेको छ ।


यस होली विशेष कार्यक्रममा उपत्यकाको सवै स्थानमा युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जगदम्वा अल्को वेले द ब्यारन सेलेक्ट र ब्लुफिन ब्राण्डको ह्वीस्की र भोड्कामा होलिको अवसरमा विशेष गिफ्ट व्याकेज ल्याएको ब्राण्ड म्यानेजर भण्डारीले जानाकारी दिएका छन् । स्थापना भएको ३ वर्षमा नै लोकप्रीय ब्राण्ड बन्न द ब्यारन र ब्लुफिन सफल भएको भण्डारीको दाबी छ । मध्यमबर्गका उपभोक्ताहरुलाई लक्षित गरी कम्पनीले यि ब्राण्डका ह्वीस्की र भोड्का बजारमा ल्याएको उनले बताए ।


कम्पनीका अनुसार यी ब्राण्डका ह्वीस्की र भोड्का देशका सवै सहरहरुमा सहजै उपलब्ध छन् । देशभर १ सय भन्दा बढि डिलरबाट ह्वीस्की बजारमा उपभोक्तामाझ पुगिसकेको कम्पनीले बताएको छ ।


द ब्यारन सेलेक्ट र ब्लु फिन सहुलियत मूल्यमा बजारमा बिक्री भइरहेकाे कम्पनीले दाबी गरेकाे छ । ७५०, ३७५ र १८० एमएलको द ब्यारन सेलेक्टकाे मूल्य क्रमश : १,१२०, ५६०, र २८० रुपैयाँ तोकिएको छ । त्यस्तै, ब्लु फिनको ७५०, ३७५ र १८० एमएलको क्रमश : ९६०, ४८०, र २४० रुपैयाँ रहेको छ ।

प्रतिकृया