• २३ भदौ २०८३, मंगलबार
  • १०ः१४ बिहान

अमेरिकी राष्ट्रपति बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०६:३४

२ चैत्र २०७८, एजेन्सी : रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ। रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो।

National Life

यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध गरेका छन्। केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ।


अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ। रुसी कारवाही यसकै प्रतिक्रियाको रुपमा आएको बताइएको छ।

प्रतिकृया