• २० भदौ २०८३, शनिबार
  • १२ः२४ राती

सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया : गीत सुनेर उत्तेजित हुनु पर्दैन

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार १०:२९

३० फाल्गुन २०७८, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले पनि आज सोमबार धनगढी विमानस्थलमा सो गीत सुनेर उत्तेजित हसननपर्ने बताएका छन् ।

National Life

‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ’, प्रचण्डले भने, ‘अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन।’


शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए। तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क,पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने भनाइ ब्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया