• २३ भदौ २०८३, मंगलबार
  • ११ः४० बिहान

साना दललाई स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०७:४०

३० फागुन २०७८, काठमाडौँ : दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ। आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका हुन् ।

National Life

उनले भने-‘आयोगले साना दलको माग कुन रूपमा सम्बोधन गर्न सकिन्छ भनेर छलफल गर्न सोमबार राजनीतिक दलहरूसँग बैठक राखेको छ, कानुनविद्सँग पनि छलफल गर्दै जाने छौं।’ उनले साना दलहरू दलीय चिह्नमा चुनाव लड्न अहिलेको मौजुदा ऐनले नदिने भएकाले ऐनको अधीनमा रही के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको बताए।


निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि मतपत्रमा स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने विकल्पमा पनि छलफल भइरहेको जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने- ‘यसअनुसार कुनै दलले मतपत्रको स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न रोज्ने र सोही चिह्न लिएर ती दलका देशभरका उम्मेदवारले चुनावमा भाग लिन सकिने विषयमा कुराकानी भइरहेको छ।’ आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया