• २० भदौ २०८३, शनिबार
  • ३ः०६ राती

प्रचण्डले पुरा गरे बचन, युवालाई महत्व

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०४:०२

२३ फागुन २०७८, काठमाण्डौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिने भनेर गरेको बचन पुरा गरेका छन् । अध्यक्ष प्रचण्डले गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशन हलमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दा पार्टी संगठनमा लामो योगदान गरेका युवा विद्यार्थीहरु नपरेको भन्दै युवाहरूबाट असन्तुष्टि भएको थियो ।

National Life

त्यसपछि अध्यक्ष प्रचण्डले केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका युवा विद्यार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याउने जानकारी दिएका थिए । सोही बचनअनुसार प्रचण्डले विस्तारित केन्द्रीय समितिमा रञ्जित तामाङ, उत्तम अधिकारी, विष्णु सापकोटा, सुमन देवकोटा, रमेश मल्ल लगायतलाई समेटेका हुन् । उनीहरुलाई क्लस्टर अनुसार केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

प्रतिकृया