• २५ भदौ २०८३, बिहीबार
  • १०ः५० राती

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०७:०१

२२ फागुन २०७८, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

National Life

गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।


आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ। यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष। एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया