• १८ असोज २०८३, आइतबार
  • ९ः४५ राती

गगन थापाले नेताहरुको नामै लिएर भनेः जनतासँग कति झुट बोल्ने ?

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०६:२७

१५ फागुन २०७८ काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताहरुको नामै लिएर एमसीसीबारे जनतासँग झुट बोलेको आरोप लगाएका छन् । एमसीसी अगाडि बढाउँदा १० वटा मन्त्रिमण्डल बनिसकेको उल्लेख गर्दै कतिपय नेताहरुले भ्रम फैलाउन झूट बोलिरहेको आरोप लगाएका हुन् ।

National Life

‘जनतासँग कति झूट बोल्ने ?’ प्रतिनिधि सभाको बैठकमा एमसीसीबारेको छलफलमा बोल्दै थापाले भने,‘एमसीसी अगाडि बढाउँदा विभिन्न मन्त्रिमण्डलले निर्णय गर्दा यहाँ विरोधनमा बोल्नुभएका कतिपय माननीयहरु प्रधानमन्त्री र मन्त्री हुनुहुन्थ्यो ।’


विगतमा मन्त्रिपरिषदमाा बसेर एमसीसीबारे निर्णयहरु गरेर अहिले जनतालाई उचालेको आरोप समेत लगाए । उनले भने,‘मन्त्रिपरिषदमा आफै बस्ने आज आफै विरोध गर्ने लाज नमानी बोल्ने ?’

Classic Tech Mobile
Classic Tech Desktop

थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री गिरिराजमणि पोखरेल देखि पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको नामै लिएर एमसीसीमा झूट नबोल्न भने । निकै कडा रुपमा प्रस्तुत भएका थापाले एमसीसी अनुमोदन गर्न संकल्पसहित बढ्न आग्रह गरे ।


थापाले भारत, चीन, अमेरिकालगायत देशहरुसँग सहयोग जतिसक्दो बढी लिनसक्नुपर्ने बताए । जनतालाई आश्वस्त पार्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया