• १७ असोज २०८३, शनिबार
  • ७ः५२ बेलुका

एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु होः राजेन्द्र लिङ्देन

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०६:३३

१५ फागुन २०७८ काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पास गरे देश द्वन्द्वमा फस्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै सिंगो देशलाई एमसीसीको विषयले विभाजन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

National Life

‘एमसीसी स्थगन गर्नुपर्छ,’ लिङ्देनले भने,‘यथास्थितिमा एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु हो ।’ उनले सदनले गर्ने निर्णय सबै ठिक हुँदैन भन्ने प्रमाणित भइसकेको टिप्पणी गरे ।


संसदले गरेको निर्णयले सिक्किमले आफ्नो स्वतन्त्र अस्तित्व नै गुमाएको उल्लेख गरे । जनतालाई बुझ्ने मौका दिएर राष्ट्रिय सहमतिबाट अगाडि बढ्न आग्रह गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया