• २६ भदौ २०८३, शुक्रबार
  • ४ः०६ बेलुका

रुससँग जुध्न युक्रेनका विदेशमन्त्रीकाे पाँच उपाय

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०१:३३

१२ फागुन २०७८ काठमाडौं : युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमाथि पूर्ण रुपमा हमला सुरु गरेको बताएका छन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरेका छन् ।उनले लेखेका छन् – ‘पुटिनले भर्खरै युक्रेनमाथि पूर्ण रुपमा आक्रमण सुरु गरेको छ ।’

National Life

उनले थपेका छन्, ‘युक्रेन आफ्नो रक्षामा उत्रिनेछ र जित्नेछ । संसारले पुटिनलाई पूर्ण रुपमा रोक्न सक्छन् । अब कारवाहीको समय आएको छ ।’


अर्को एउटा ट्वीटमा कुलेबाले संसारसमक्ष रुसविरुद्ध तुरुन्त कारवाही गर्न अपिल गरेका छन् । उनले ट्वीट लेखेका छन् – ‘युरोप र संसारको भविष्य दाउमा छ ।’ उनले यो खतराबाट बचाउनका लागि सम्भावित उपायको एउटा सूचीमा ट्वीट गरेका छन् ।

– स्विफ्टसमेत रुसमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाइयोस् । यसमा रुसको वित्तिय लेनदेन पनि रोकियोस्

– रुसलाई चौतर्फी रुपमा एक्ल्याइयोस् ।

– युक्रेनका लागि हतियार र रक्षा उपकरण

– आर्थिक सहयोग

– मानवीय सहायता

स्विफ्ट एक ग्लोबल मेसेजिङ सर्भिस हो । २०० देशमा हज्जारौँ आर्थिक संस्थाले यसको प्रयोग गर्छन् । यसले रुसी बैंकका लागि विदेशमा कारोबार गर्न निकै मुश्किल हुने छ ।

पुटिनको घोषणाः

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा जतिबेला युक्रेन संकटलाई हल गर्नका लागि बैठक चलिरहेका बेला रुसका राष्ट्रपतिले एउटा ठूलो घोषणा गरे ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरे ।

एजेन्सी

प्रतिकृया