• २८ भदौ २०८३, आइतबार
  • १ः३३ राती

तीन दलको बैठक लगत्तै देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ११:४०

११ फागुन २०७८, काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

National Life

‘प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको हो’, माओवादी केन्द्रका एक नेताले बताए ।


एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदै छ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया