• 2:05 pm

अनामनगर-थापागाउँ हुँदै संसद भवन पुग्न सांसदलाई कांग्रेसकाे एसएमएस

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ११:०५

१२ फागुन २०७८, काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर थापागाउँको सडक प्रयोग गर्न एसएमएसमार्फत आग्रह गरेको छ । माइतीघर तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर हनुमानथान थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।


कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको लागि अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्नु हुन अनुरोध छ ।’


आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । उक्त बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ ।


एमसीसी अनुमोदन सम्बन्धी प्रस्ताव यही फागुन ५ गते संसदमा पेश भएको थियो । एमसीसी अनुमोदन गर्न नहुने भन्दै नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रतिकृया